Close This

नगरप्रमुख वड नेपाल नगरपालीका संघको केन्द्रिय सदस्यमा निर्वाचित 

शुक्रबार भदौ १५, २०७५/ Friday 08-31-18
Paschim Today


धनगढी,१५ भदौ
धनगढी उप–महानगरपालीकाका प्रमुख नृपबहादुर वड नेपाल नगरपालीका संघको केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित भएका छन् ।
बुध र बिहीबार काठमाण्डौमा चलेको नेपाल नगरपालीका संघको छैठौ राष्ट्रिय महाधिवेशनबाट नगरप्रमुख वड केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन । नगरप्रमुख वडले आफुलाई केन्द्रिय सदस्यमा सर्वसम्मत निर्वाचित बनाउन सहयोग गर्ने सबै प्रतिनिधीहरुलाई धन्यवाद दिएका छन् । केन्द्रिय सदस्यमा मनोनित भएपछि नगरप्रमुख वडले आफ्नो कार्यकाल नगरहरुको समृद्धीका लागि खर्चिने बताए । 
नगरहरुको विकास अव परंपरागत ढंगले हुदैन नगरप्रमुख वडले भने,‘यसका लागि नबिनतम दृष्टीकोण आवश्यक छ । योजनावद्ध विकास गर्न सकेमात्रै नगरहरुको समृद्धी हुने बताए । बदलिदो अबस्थामा एकिकृत सम्पतीकर घटाउने धनगढी उप–महानगरपालीका मात्रै हो नगरप्रमुख वडले भने,‘यसका साथै ब्यक्तिगत घटनादर्ता लगायत थुप्रै किसिमका सिफारिस समेत निशुल्क गरेको कुरा ढुक्कले अधिवेशनमा राख्न पाईयो ।
धनगढी प्रदेश नं ७ को एक मात्रै उप–महानगरपालीका हो । सरकारले एक प्रदेश १ महानगरपालीककाको निति लिएकाले धनगढी महानगरपालीका हुने पक्का जस्तै छ ।