ठकुल्लाले बजारमा ल्याए छोटा छोटा लुगा
बुधबार मङ्सिर २६, २०७५/ Wednesday 12-12-18
Paschim Today
अछाम जिल्ला साँफेवगर नगरपालिका वडा नम्बर ४ जन्मनुभएका लोक गायक हिक्मत ठकुल्लाले छोटा छोटा लुगा लोक गित बजारमा ल्याएका छन् ।पछिल्लो समयमा लोकदोहोरी गितहरुमा आफ्नो पहिचान बनाउन लागि रहेका ठकुल्लाले बिभन्न गितहरुमा आवाज दिई सकेका छन् ।सानै उमेर देखि गित संगितमा रुचि भएका गायक ठकुल्ला कलाकारिता क्षेत्रमा लागि रहने बताउछन् ।पहिलो लोकदोहोरी गित मिठो तिम्रो बोली बजारमा लाएर आफ्नो गायन लाई अगाडी बढाएका छन् भने त्यसपछि यो कस्तो फेसन लगाएतका गितहरु आम दर्शक माझ ल्याई सकेका छन् । कलाकारिता क्षेत्रमा केही गर्ने योजनाका साथ यो क्षेत्रमा लागेको उनको भनाई छ ।अहिले बजारमा आएको गित छोटा छोटा लुगामा गायक ठकुल्लालाई गायिका लक्ष्मी शाहीले साथ दिएकी छन् ।
तपाईको प्रतिक्रिया