Close This

सुदुरपश्चिमका पहाडी जिल्लामा हिमपात (फोटोफिचर)

मंगलबार माघ ८, २०७५/ Tuesday 01-22-19
Paschim Today

धनगढ, ८ माघ ।
सुदुरपश्चिमका पहाडी जिल्लामा भारी हिमपात भएको छ । सोमबार राति देखि परेको अबिरल बर्षा पछि आज बिहानबाट हिमपात सुरु भएको हो ।

हिमपात सुरु भएपछि सुदुरपश्चिम प्रदेशका विभिन्न पहाडी जिल्लामा अत्याधिक चिसो समेत बढेको स्थानियले बताएका छन ।

पहाडी जिल्ला डोटी, डडेल्धुरा, बैतडी, बझाङ, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा हिमपात सुरु भएको छ । पहाडी जिल्लाका सदरमुकाममा आज हिमपात भएपनि उच्च हिमाली भेकमा सोमबार रातिबाट नै हिमपात सुरु भएको थियो ।

हिमपातका कारण भिमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरा लगायतका क्षेत्रमा भारी हिमपात पछि सवारी साधन संचालनमा कठिनाई आएको छ ।

बिभिन्न ठाउमा हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन ।

एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग बढी प्रभावित भएका छन । पहाडि जिल्लामा हमिपात भएसगै तराईका कैलाली कन्चनपुरमा समेत जोडो बढेको छ । 


लामो समयसम्म वर्षा नहुँदा हिउँदे बाली बिग्रने चिन्तामा परेका पहाडी भेगका किसानलाई भने हिमपातले धेरै राहत पु¥याएको छ ।