Close This

लकडाउन उल्लंघन गरी चलाइएका १२० वटा सवारीसाधन र ७ जना नियन्त्रणम

बिहीबार चैत २०, २०७६/ Thursday 04-02-20
Paschim Today

कैलाली प्रहरीले लकडाउन उल्लंघन गरी चलाइएका १२० वटा सवारीसाधन र ७ जना मानिसलाई नियन्त्रणमा लिएकाे छ।

लकडाउन उल्लंघन गरी चलाइएका एउटा कार, एक अटो र ११८ मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
 

उनका अनुसार चालक र पछाडि बस्नेलाई एकपटकलाई भनेर सम्झाएर पठाइएकाे छ। साे सवारीसाधनहरू भने लकडाउन अवधि सकिएपछि मात्रै छोडिने डीएसपी बस्नेतले जानकारी दिए।
 

त्यस्तै लकडाउनको समयमा मदिरा पसल खोलेर बिक्रीवितरण गरिएको भन्दै जिल्ला विभिन्न स्थानबाट ७ जनालाई नियन्त्रणमा लिइएको प्रबक्ता बस्नेतले बताए ।
 

साँझपख धेरैले लकडाउन उल्लंघन गर्ने गरेको पाइएपछि प्रहरीले निगरानीलाई थप कडा बनाएको छ।

कैलाली प्रहरीले लकडाउन उल्लंघन गरी चलाइएका १२० वटा सवारीसाधन र ७ जना मानिसलाई नियन्त्रणमा लिएकाे छ।

लकडाउन उल्लंघन गरी चलाइएका एउटा कार, एक अटो र ११८ मोटरसाइकल र स्कुटर नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी दक्षकुमार बस्नेतले जानकारी दिए।
 

उनका अनुसार चालक र पछाडि बस्नेलाई एकपटकलाई भनेर सम्झाएर पठाइएकाे छ। साे सवारीसाधनहरू भने लकडाउन अवधि सकिएपछि मात्रै छोडिने डीएसपी बस्नेतले जानकारी दिए।
 

त्यस्तै लकडाउनको समयमा मदिरा पसल खोलेर बिक्रीवितरण गरिएको भन्दै जिल्ला विभिन्न स्थानबाट ७ जनालाई नियन्त्रणमा लिइएको प्रबक्ता बस्नेतले बताए ।
 

साँझपख धेरैले लकडाउन उल्लंघन गर्ने गरेको पाइएपछि प्रहरीले निगरानीलाई थप कडा बनाएको छ । यस्तै मसुरियामा पनि १६ मोटरसाइकल र २ बटा साईकल नियन्त्रणमा लिएको छ ।