Close This

कञ्चनपुरमा अबैध २ सय बोरा मलखाद बरामद

शुक्रबार बैशाख २४, २०७८/ Friday 05-07-21
सुरेश पन्त

कञ्चनपुर,२४ बैशाख । कञ्चनपुरमा अबैध २ सय बोरा मलखाद बरामद गरेको छ ।  जिल्लाको बेलौरी नगरपालिकाको वडा नम्बर १० सडकघाट्मा प्रहरी चौकी भुडाका प्रहरी सायहक निरीक्षक लोकेश नाथको कमाण्डमा खटिएको टोलिले गएराती २ बजे बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर थापा क्षेत्रीले बताए ।  

उनका  दुई थान भारतिय ट्रलीमा लोड गरिएको भारतिय युरिया मलखाद बरामद गरिएको जानकारी दिए । कोरोनाको दोश्रो भेरियण्टका बेला लकडाउनको समय भारतिय नाकाहरु बन्द गरिएका बेला अबैध रुपमा भित्रिने समानहरुमा प्रहरीले कडाइ गरिएको छ ।