मुगु बस दुर्घटना : मृतकको संख्या २८ पुग्यो

मंगलबार असोज २६, २०७८/ Tuesday 10-12-21
Paschim Today

सुर्खेत ,२६असोज। मुगुमा आज भएको बस दुर्घटना परी मृत्यू हुनेहरुको संख्या २८ पुगेको छ । प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछानेका अनुसार २४ जनाको घटनास्थलमै र ४ जनाको उद्दारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका १६ जनाको उद्वार गरी समिट एअरमार्फत नेपालगन्ज लगिएको उनले जानकारी दिए । उनीहरुमध्ये तीन जनाको कोहलपुर मेडिकल कलेजमा र बाँकी १३ जनाको नेपालगन्जमा उपचार भैरहेको छ ।घटनामा परी मृत्यु हुनेको सनाखत भइसकेको छैन ।

यो पनि पढ्नुस् :-

मुगुमा यात्रुवाहक बस दुर्घटना, ठूलो क्षतिको आशंका

मुगुमा बस दुर्घटना : २२ को मृत्यु, १८ घाइते

मुगुमा बस दुर्घटना :  मृत्यु हुनेको संख्या २३ पुग्यो 

मुगुमा बस दुर्घटना : घाइतेको हेलिकोप्ट मार्फत उद्दार गरिदै  

मुगुमा बस दुर्घटना : मृत्यु हुनेको संख्या २६ पुग्यो