कैलाली घर भएका युवा काठमाडौंबाट एयर गनसहित पक्राउ
आइतबार कार्तिक २८, २०७८/ Sunday 11-14-21
Paschim Today
धनगढी,२८ कात्तिक । काठमाडौंबाट एयर गनसहित कैलालीका एकजना पक्राउ परेका छन् ।काठमाडौं महानगरपालिका–११, थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई एक थान एयर गनसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
नाथले कोठामा अवैध हातहतियार लुकाइराखेको सूचनापछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्दा उक्त हतियार फेलापारी उनलाई पक्राउ गरेको जनाइएको छ ।
तपाईको प्रतिक्रिया