पछिल्लो २४ घण्टामा सेती प्रयोगशालामा थप ७ जनामा कोरोना पुष्टि

मंगलबार मङ्सिर ७, २०७८/ Tuesday 11-23-21
Paschim Today

धनगढी,७ मंसिर । धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार थप ७ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४७  नमुना परिक्षण गर्दा थप ७ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार २४ घण्टामा ३ जना नयाँ संक्रमित अस्पताल भर्ना भएका छन । हाल अस्पतालमा ५ जना संक्रमित विरामीको उपचार भइरहेको छ ।