Close This

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनसपछिको सेयर मूल्य समायोजन

बिहीबार मङ्सिर ९, २०७८/ Thursday 11-25-21
Paschim Today

काठमाडौँ,९ मंसिर । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको बोनसपछिको सेयर मूल्य समायोजन भएको छ ।

बैंकको बिहीबार ८ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । नेप्सेले बोनस सेयर समायोजनपछिको भाउ नेप्सेले ३३१ रुपैयाँ ४८ पैसा निर्धारण गरेको छ ।

बैंकले २९ मंसिरमा आयोजना हुने सभा प्रयोजनार्थ बिहीबार बुक क्लोज गरेको छ । बैंकले गत वर्षको नाफाबाट आठ प्रतिशत बोनस सेयर र कर तिर्न शून्य दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्नेछ ।