Close This

म भित्रको सिकारीलाई मारेर चरा फोटो खिचुवा बनेको म

शनिबार पौष १७, २०७८/ Saturday 01-01-22
अविनाश चौधरी

गाउँघरमा बितेको मेरो बाल्यकाल । खेत, नदीनाला, जङ्गलसंग परिचित थियो । विद्यालयबाट फर्किसकेपछि अधिकाङ्श समय यस्तै ठाउँमा बित्ने गर्दथ्यो । बिदाको दिन त झन कुरै न गरम । विहानै साथीभाईसंग सरसल्लाह गरेर । आवश्यक तयारी हुन्थ्यो । हामी, खेत, नदीनाला चहार्दै जङ्गलसम्म पुग्ने गर्दथ्यौं ।

 

No description available.

म सहित मेरा बालसखाहरु यसरी खेत, नदीनाला, जङ्गल चहार्नुको एउटै उद्देश्य हुन्थ्यो । गुलेलीले चरा मार्ने । बाल्यकालको मेरो जति समय विद्यालयमा बित्यो । त्यसमध्येको केही समय त गोठालो जानमै बिताएँ । बर्खे, हिउँदे बिदा गोठाला जानमै बित्थ्यो । कारण एउटै थियो, जङ्गलमा गएर चरा मार्ने । चराको मासु खाने । 

May be an image of bird, food and nature

विद्यालय बिदा भएको दिन हामी विहानै माटोको गोली बनाउने गर्दथेम । अनि, दिनभरि चराको सिकार गर्ने गथ्र्यौं । बसन्त ऋतुमा विद्यालय विहानै हुन्थ्यो । विहान भरि स्कुल गएर दिनभरि प्रचण्ड गर्मीमा चराको खोजीमा निस्किने गर्दथ्यौं । हाम्रो नेपालको महत्वपूर्ण बसन्ता वनदेखि लिएर सिमसार क्षेत्रका जङ्गलमा चराको सिकार गर्न जाने गर्दथ्यो । 

भारतको दुधुवा नेशनल आसपासका हाम्रो भूगोलमा रहेका स–साना वनहरुमा बढी चरा पाउने गर्दथे । बढीजसो त्यता सिकार गर्न जाने गरेका थियौं । तर, त्यतिलेमात्रै पुग्दैनथ्यो । लुकिछिपी भारतको दुधुवा नेशनल पार्क पस्न पनि बाँकी राख्दैनथ्यौं । त्यहाँ स्वभाविक रुपमा बढी चरा पाउने गर्दथे । दुधुवा आसपास रहेका स–साना जङ्गल जसलाई ‘झोंरिया’ भन्ने गर्दथ्यौं । ती झोरिंयाहरुमा न पुगे त केही बिराए जस्तो लाग्ने गर्दथ्यो । 

May be an image of bird, nature and sky

बाल्यकालमा धेरै चरा मारे मैले । त्यसमा कति त दुर्लभ प्रजातिका थिए होला । उल्लू, धनेश, सिमकुखुरा, सुगा, मैना, बकुल्ला, ढुकुर, बाज, चिबे, जङ्गली कुखुरा, मयुर, बट्टाइ, माटीकोरे, तित्रा कति हो कति । एउटा हाँगामा बसेकामध्ये एकै गोलीले तीन चरा र खेतमा बसेका पाँच÷छ वटा बकुल्लामध्ये सबै मारेको अनुभव पनि छ । चरा मार्नमा म निशाना बाज नै थिए । गुलेली समातेपछि चरा हान्न नसकेको सायद कुनै दिन थिएन होला । 

May be an image of sky

मेरो बाल्यकाल सामान्य गाउँमा बित्यौ । गाउँमा जे वातावरण थियो, म त्यहि वातावरणमा हुर्के, त्यहि सिकँे, त्यहि गरेँ । अल्लारे हुँदासम्म के राम्रो के नराम्रो ज्ञान थिएन । राम्रो, नराम्रो छुट्टयाउन सक्ने भइसकेको थिएन । म भित्रको अज्ञानताले मैले आफ्नो बाल्यकालमा यति धेरै चराको हत्या गरेकी, अहिले पश्चात गरेर पनि पुग्दैन । मैले विगतमा जे गरेँ ठूलो भूल गरेँ । त्यसको धेरै पछुतो छ मलाई । 

बाल्यकालमा म भित्रको सिकारीसंगै एउटा राम्रो विद्यार्थी पनि हुर्किरहेको थियो । चराचरुङ्गी खोज्न म नदीनाला, खेत, जङ्गल जति चहारे पनि पढाईमा भने अब्बल नै थिएँ । शिक्षकले पढाउने बेलामै सबैकुरा दिमागमा बस्थ्यो, कहिल्यै भुल्दैनथेँ । फलस्वरुप, एकदेखि चार कक्षासम्म दोस्रो र एसएलसीसम्म प्रथम भएँ । म विद्यार्थी राम्रो भए पनि शिक्षकको एउटा कुरालाई गम्भीरतापूर्वक लिएन । त्यो हो चराचुरुङ्गी मार्नु हुन्न भन्ने । विद्यालयमा चराचुरुङ्गी मार्नु हुन्न भनेर पढेर आएको विद्यार्थी म स्कुलबाट  फर्केपछि गुलेली लिएर चरा मार्न जाने गर्दथँे । 

May be an image of bird and nature

एसएलसी सकिएपछि उच्च शिक्षाका लागि सहर पस्नु प¥यो । सहर पसेर पढाइसंगै पत्रकारितामा हात हालियो । त्यहि पत्रकारिता गर्ने क्रममा चराचुरुङ्गी संरक्षणबारे लेख, समाचार पढ्न थालेँ । यो बेलासम्म के राम्रो के नराम्रो छुट्टयाउन सक्ने ज्ञानको विकास म भित्र भइसकेको थियो । मैले गम्भीरतापूर्वक आफ्नो विगत सम्झे । विगतका ती कहाली लाग्दा मैले गरेको कुकर्म पनि । ती गलत कर्मको समिक्षा गरेँ । चराको महत्व र यीनका आवश्यकताबारे बुझ्दै गएपछि म भित्रको सिकारीलाई मारेर संरक्षणबारे कलम चलाउन थालेँ ।

मैले विगतमा चराको जीवनमा जे जति बिगारे त्यो त पक्कै पनि बनाउन सकिन्न । र, बन्दैन पनि । तर, थप अरु बिग्रिन दिनुहुन्न भन्ने उद्देश्यका साथ मेरो कलम चल्ने गरेको छ । पत्रकारिताको एक दशकको यात्राको क्रममा अन्य विषय वस्तुलाई झै महत्व दिएर चराचुरुङ्गी, वन्यजन्तु, वन, वातावारण, सिमसार संरक्षणको बारेमा कलम चलाउने कार्य गरिरहेको छु । मेरो यो अनवरत प्रयासकै कारणले संरक्षणमा योगदान पु¥याएको भन्दै प्रकृतिका साथीहरु नामक संस्थाले मलाई प्रकृति संरक्षण पुरस्कार २०२० ले स्याङ्जाको राङभाङमा पुरस्कृत ग¥यो । यसैगरी, अन्य सङ्संस्थाले पनि सम्मान गरेका छन् ।

May be an image of wading bird, nature, body of water and text that says 'Abinash Photography' 

वास्तवमा भन्ने हो भने म विगतमा एक चरा सिकारी थिएँ, यो भन्न मलाई कुनै संकोच छैन । तर, अब म भित्रको सिकारीलाई मैले मारिसकेको छु । पहिले चराचुरुङ्गी देख्ने बित्तिक्कै गुलेली ताक्ने म अचेल क्यामरा ताक्ने गरेको छु । पहिले मलाई चरा मार्न राम्रो लाग्दथ्यो । अचेल मलाई ती चराहरु हेर्न, तिनका आवाज सुन्न र उनीहरुको सुन्दरतालाई क्यामेरामा कैद गर्न मन पर्छ । पहिलेमा जुन ठाउँमा चराको सिकार गर्न जाने गरेको थिएँ ।

No description available.

तीमध्ये केही ठाउँमा अचेल चराहरु खेलेको, उफ्रेको, कराएको हेर्न, उनीहरुको आवाज सुन्न र फोटो खिच्न जाने गर्दछु । विगतमा घर वरपर चरा आउने बित्तिक्कै दगुरेर गुलेली खोज्न जाने गर्दथेँ, अचेल झोलाभित्र राखिएको क्यामेरा खोज्न जाने गरेको छु । चरा खोज्ने कार्य मेरो रोकिएको छैन । तर, फरक यत्ति हो, विगतमा म चरा मार्नको लागि खोज्न जाने गर्दथेँ । अचेल चराहरुसंग रमाउनका लागि चरा खोज्न जाने गरेको छु । वाइल्ड लाइफ फोटोग्राफी र संरक्षणप्रति मेरो रुचि बढ्दै गएको छ । 

No description available.

पछिल्लो समय स्थानीयस्तरमा पनि संरक्षणको चेत आइरहेको छ । धेरै ठाउँमा स्थानीयस्तरबाटै चरा संरक्षणको कार्य पनि भइरहेको छ । यद्यपि, अझै पनि चराको सिकार भने पूर्ण रुपमा रोकिएको छैन । अपवाद र चुनौतीको रुपमा कतिपय ठाउँ र समुदायमा चरा, वन्यजन्तुको सिकार हुँदै आएको छ । त्यस्ता कार्यलाई हामी सबैले मिलेर निरुत्साहित गर्नु पर्दछ । परिवर्तन भन्ने कुरा तुरुन्तातुरुन्तै हुँदैन । केही समय लाग्न सक्छ तर, हामीले कोसिस गर्न छोड्नु हुन्न । 

No description available.

No description available.

No description available.

No description available.

No description available.

No description available.