Close This

लुटपाट गर्नेलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएपछि...

सोमबार माघ ३, २०७८/ Monday 01-17-22
Paschim Today

धनगढी,३ माघ । कैलालीमा लुटपाट गर्नेलाई नियन्त्रणमा लिएर स्थानीयले प्रहरीलाई बुझाएका छन् । जिल्लाको भजनी नगरपालिका-४ का  १८ वर्षीय सुवास डङ्गौरालाई लुटपाट गर्ने तीन जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

सोही वडास्थित झलझलियाका सानु सुनार, शक्ति ताम्राकार र दिनेश सदाशङ्करले डङ्गौराको मोटरसाइकल र पैसा लुटेका थिए ।

तीनै जनाले आइतबार दिउँसो जङ्गलमा डङ्गौरामाथि लुटपाट गरेको स्थानीय बाधु हर्दिउलाले जानकारी दिए । उनले तीनै जनामाथि कारबाहीको लागि मुद्दा दर्ता गरेको समेत उनले बताए । यता जिल्ला प्रहरी कार्यालय कैलालीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।