Close This

एसपी धितालले सम्हाले सुदूरपश्चिम प्रदेश ट्राफिकको कमाण्ड

सोमबार माघ १०, २०७८/ Monday 01-24-22
Paschim Today

धनगढी,१० माघ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियामा प्रमुखको रुपमा सरुवा भई आएका प्रहरी उपरीक्षक प्रबिण धितालले आज (सोमबार) कार्यभार ग्रहण गरेका छन् ।

नेपाल प्रहरी विशेष सुरक्षा गण कोहलपुर बाँकेबाट सरुवा भई प्रदेश ट्राफिक प्रहरी कार्यालय आएका बस्नेतले सोमबार कार्यभार ग्रहण गरेका हुन । प्रहरी उपरीक्षक धिताललाई प्रहरी अधिकृतहरुले स्वागत गर्दै सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक बामदेव गौतमलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय ईन्टेलिजेनस शाखामा सरुवा गरेपछि उनको स्थानमा धिताल आएका हुन् ।