Close This

रनिल विक्रमासिंघे बने श्रीलंकाको नयाँ प्रधानमन्त्री

बिहीबार बैशाख २९, २०७९/ Thursday 05-12-22
Paschim Today

श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा रणिल बिक्रमासिंघे नियुक्त भएका छन् । प्रधानमन्त्री महिन्दा राजापाक्षले सोमबार राजीनामा दिएपछि तत्कालै राजीनामा स्वीकृत गरेका राष्ट्रपति गोताबाय राजापाक्षले सांसदहरूसँग परामर्श गरी सर्वस्वीकार्य व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गरेको बताएका छन् ।

 बिक्रमासिंघे यसभन्दा अघि चारपटक प्रधानमन्त्री भैसकेका छन् । नयाँ प्रधानमन्त्री रणिल बिक्रमासिंघेलाई पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षले बधाई दिदैं उनको कुशल नेतृत्वले श्रीलंकाको विद्यमान जटिलतालाई पार लगाउने उल्लेख गरेका छन् ।

श्रीलंकामा राष्ट्रपति र प्रधानमन्त्रीको राजीनामा माग्दै लामो समयदेखि भइरहेको प्रदर्शन सोमबारदेखि हिंसात्मक बनेको छ । त्यहाँ राष्ट्रपतिले आफ्नो कार्यकारी अधिकार समेत त्यागेर स्थिरताको प्रयास गरिरहेका छन् ।