Close This

लोकेन्द्रसिंह भण्डारीलाई कुटपिट गरेर लुटपाट गर्ने तीन जना पक्राउ

सोमबार असार १३, २०७९/ Monday 06-27-22
Paschim Today

धनगढी,१३ असार । डडेल्धुराको आलिताल गाउँपालिकामा कार्यरत कर्मचारी लोकेन्द्रसिंह भण्डारीलाई   कुटपिट गरेर लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्लाको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलामा कम्प्युटर अपरेटर भण्डारीलाई लुट्ने तीन जनालाई गोदावरी नगरपालिका-१ स्थित भित्री सडकको जंगलमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको हो।

प्रकाउ पर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने भगतसिंह, सोही ठाउँ बस्ने शाहिल बादलिसे र सन्नी जाँट रहेका छन् । लिफ्ट मागेर कारमा बसेका तीन जना व्यक्तिले आज कुटपिट गरेर भण्डारीको कारसहित भएका नगद र मोबाइल लुटेर फरार भएका थिए ।