Close This

एसपीए देशकै अग्रिणी शैक्षिक संस्थाका रुपमा स्थापित भईसकेको छ : जोशी 

शुक्रबार असार २४, २०७९/ Friday 07-08-22
Paschim Today

धनगढी,२४ असार । विभिन्न शैक्षिक संस्थाहरुसँग झण्डै दुई दशक काम गरेको अनुभव सँगालेका रमेशप्रसाद जोशी हाल सुदूरपश्चिमाञ्चल एकेडेमी(एसपीए)का कार्यक्रम निर्देशक हुन् । एसपीएमा उनी विगत ८ वर्षदेखि कार्यरत छन् । एसपीएबाट नै प्लस टू र स्नातक तह उत्तीर्ण गरेपछि त्रिभुवन विश्वविद्यालयबाट अंग्रेजी साहित्यमा स्नातकोत्तर शिक्षा हासिल गरेका जोशी नेपाल जेसिज, नेपाल रेडक्रस सोसाइटी, नेल्टालगायत सामाजिक संस्थामा पनि आवद्ध छन् । एसपीएकै पूर्व विधार्थी तथा हाल अध्यापकमा रुपमा एसपीएलाई नजिकबाट नियालिरहेका जोशीसँग हामीले एसपीए कलेजको २५ वर्षे शैक्षिक इतिहासलगायत विषयमा कुराकानी गरेका छौं । 

१) कुनै शैक्षिक संस्थाको २५ वर्षीय विरासतको अर्थ के हुन्छ?
२५ वर्षअगाडि एउटा सरकारी विद्यालयको भवन भाडामा लिएर एसपीए कलेज स्थापना भएको हो । सुदूरपश्चिममा त्यसबेला देखिएको शिक्षाको खडेलाई हटाउन यस क्षेत्रका समाजसेवी तथा शैक्षिक धरोहर योगेन्द्रबहादु्र शाहीको नेतृत्वमा सुदूरपश्चिमलाई साझा फुलबारीको रुपमा विकास गरी गुणस्तीय तथा वैज्ञानिक शिक्षा प्रदान गर्ने उदेश्यले यस संस्थाको सुरुवात भएको हो । २५ वर्ष भनेको एउटा संस्थाका लागि निकै ठूलो उमेर हो । यसअवधिमा संस्थाले सुरुवाति अभाव जटिलता चिर्दै, विभिन्न संघर्ष गर्दै, सबैको विश्वास जितेर छुट्टै मानक स्थापना गरेको छ । यहाँको विधार्थी, अभिभावक, सामाजिक, राजनीतिक व्यक्तित्वको विश्वास जित्न सकेकै कारण हामी यहाँसम्म आइपुगेका हौं । अहिले कलेज सुदूरपश्चिमकोमात्रै देशकै अग्रिणी कलेजका रुपमा स्थापित भईसकेको छ । 


 
२) यस क्षेत्रको शैक्षिक विकास उन्नतीमा एसपीएको स्थान–भूमिका कहाँ पाउनुहुन्छ?
धनगढीलाई शैक्षिक हवको रुपमा विकास गरी सिंगो सुदूरपश्चिमका आम जनताले गुणस्तरीय शिक्षाको सुविधा प्राप्त गराउनु नै एसपीएको मुल उदेश्य हो । अहिले झाण्डै ३५ सय विधार्थीहरु रहेको यस एकेडेमीमा सुदूरका ९ वटै जिल्लाका विद्यार्थीहरुको गन्तव्इ हुन पुगेको छ । सुदूरपश्चिमको शैक्षिक, आर्थिक, सामाजिक रुपान्तरणमा एसपीएले जहिलेपनि एक कदम अगाडि बढ्दै सहकार्य गर्दै आइरहेको छ । खेलकुदको माध्यमबाट पनि धनगढीलाई स्थापित गर्न एसपीए कलेजको ठूलो भूमिका छ । ‘क्रिकेटको शहर’ घोषणा हुनु, फाप्ला क्रिकेट मैदानमा सरकारको ध्यान जानुमा यसका परिपकल्पनाकार तथा एसपीएका प्रबन्ध निर्देशक सुवाश वि शाही ज्यूले अग्रिणी भूमिकाबारेमा यहाँहरु जानकार नै हुनुहुन्छ । उहाँले नै सुरुवात गर्नुभएको एसपीए कप हुँदै धनगढी प्रिमियर लिग(डीपीएल) तथा ड्रीम फाप्ला अभियानका कारण अहिले फाप्लामा अन्तर्राििष्ट्रय क्रिकेट रंगशाला तथा खेलग्राम निर्माण हुने भएको छ । 
 
३) अध्ययन अध्यापनका दृष्टिकोणले एसपीए कसरी अग्रिणी शैक्षिक संस्था हो ?
अध्ययन अध्यापनमा एसपीए राष्ट्रियस्तरमै अग्रिणी शैक्षिक संस्था हुन पुगेको छ । प्लस टू देखि स्नातकोत्तरसम्मको नतिजालाई मात्रै केलाउँने हो भने हाम्रा विधार्थीले नेपाल टप, स्नातकमा सुदूरपश्चिम टप र स्नातकोत्तरमा त्रिभुवन विश्वविद्यालय नै टप गर्न सफल भएका छौं । यो हाम्रा लागिमात्रै नभएर सुदूरपश्चिम क्षेत्रकै लागि ठूलो गर्वको कुरा हो । देशभरिका लाखौं विधार्थीमाझ प्रतिस्पर्धाहरुने इन्जिनियरिङ, एमबीबीएस, कृषि, आइटी लगायत विषयमा पनि हाम्रा विधार्थीहरु  पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल छन् । हामीले समयको मागअनुसार कलेजको शैक्षिक वातावरण निर्माण गरेका छन् । आइटीमा आधारित शिक्षा प्रणाली छ । अनुभवी र दक्ष प्राध्यापकहरु र विधार्थी केन्द्रीत शैक्षिक विधिको प्रयोग गर्दै उत्कृष्ट नतिजा हासिल गरेकै कारण हामी विधार्थी र अभिभावकको मन जित्न सफल छौं । 

४) शैक्षिक गतिविधिबाहेक विधार्थीको व्यक्तित्व विकासका लागि एसपीएले के के कुरामा जोड दिन्छ?
विधार्थीहरुको व्यक्तित्व विकासका लागि एसपीएले विभिन्न क्लबहरुको अवधारणा ल्याएका छ । हामीसँग खेलकुद, साहित्य, संस्कृति, रेडक्रस, आइसीटी, थियटर एण्ड आर्टस, वातावरण राजनीतिकलगायत झण्डै दुई दर्जन क्लबहरु छन्। सबै विधागत क्लबहरुमा विधार्थीहरुको सक्रिय सहभागिता छ । विधार्थीहरु आफ्नै क्लबको नेतृत्व गर्छन, सञ्चालन गर्छन, कार्यक्रमहरु गर्छन । ग्रिन क्लिन धनगढीको नाम यहाँहरुले सुन्नुभएकै छ । जसले धनगढीलगायत यस क्षेत्रमा वृक्षारोपण कार्यक्रम निरन्तर गरिरहेको छ । त्यसको नेतृत्व र सञ्चालन पनि हाम्रै विधार्थीले गर्छन ।  हामीसँग क्रिकेटकामात्रै ८ जना अन्तर्राष्ट्रिय खेलाडी छन् । जसले देशको जर्सी लगाई खेलिसकेका छन् । देशको नाम उचो बनाउँने ती खेलाडीहरुलाई हामीले छात्रवृत्तिमा अध्ययनअध्यापनको व्यवस्था गरेका छौं । त्यसबाहेक हामीसँग भलिबल, तेक्वान्दो, कराँतेका पनि राष्ट्रिय खेलाडीहरु छन् । अध्ययनसँगसँगै हामीले उहाँहरुको व्यक्तिव विकासका लागि हरसम्भव प्रयासहरु गरिरहेका छौं । 

५) यत्तिका विधि कलेज माझ एसपीएलाई अभिभावक–विधार्थीले किन रोज्ने त?
गुणस्तरीय र प्रविधिमैत्री शिक्षा प्रणालीमा जोड दिदैँ डिटिटलाइजेसन प्रविधिलाई अगाडि बढाउँने एसपीए यस क्षेत्रकै पहिलो संस्था बनेको छ। विभिन्न क्षेत्रका विशेषज्ञलाई भित्र्याई विधार्थीहरुको व्यक्तित्व विकास गर्ने, उत्प्रेरणामुलुक कार्यक्रम गरी विधार्थीहरुको व्यक्तित्व विकास गर्ने संस्था, खेलकुद र अन्य अतिरिक्त क्रियाकलापमार्फत विधार्थीलाई सफल बनाउँने कार्यहरुमा कलेज सक्रिय छ। स्मार्ट समयको मागसँगै विधार्थीलाई स्मार्ट प्रविधिको माध्यमबाट शिक्षा प्रदान गर्ने एसपीए एकमात्रै शैक्षिक संस्था हो। नीजी क्षेत्रको एकमात्रै लामो इतिहास बोकी सफल जनशक्ति राष्ट्रलाई सुम्पिन सफल संस्था तथा अन्तर्राष्ट्रियस्तरको प्राध्यापकहरुद्वारा विभिन्न अभिमुखीकरणको आयोजना गरी अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धी विधार्थीहरु उत्पादन गर्न सफल संस्था एसपीए हो। हामी कुरामा भन्दा काममा विश्वास गरी विभिन्न शैािक्षक गतिविधि सञ्चालन गरी सफल व्यक्तित्वको विकास गर्न अग्रसर छौं। सोहीकारण हामीले हजारौं अभिभावक र विधार्थीको मन जित्दै आएका छौं । 

६) एसपीएले आफ्ना विधार्थीलाई कस्तो खालको अन्तर्राष्ट्रिय एक्सोजर उपलब्ध गराउँछ?
एसपीएले विधार्थी आदानप्रदान कार्यक्रम अन्तर्गत कोरियाका दुई विश्वविद्यालयसँग सहकार्य गरिरहेको छ । अहिलेपनि हाम्रा केही विधार्थी त्यहाँ पढिरहेको छन् भने केही जाने प्रक्रियामा छन् । यस्तै भर्खरै मात्रै हाम्रा होटल म्यानेजमेन्टका ६ जना विधार्थीहरु दुबईलगायत शहरका पाँच तारे होटलमा पेड इन्टरसिपमा छनोट भएर गएका छन् । हामीले विभिन्न बैंकहरुसँग सहकार्य गर्दै विधार्थीहरुलाई विभिन्न बैंकहरुमा रोजगारी तथा इन्टनसिपको व्यवस्था मिलाएका छौं । खेलकुदमा रुचि भएका विधार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउँदै खेल्ने वातावरण मिलाएका छौं । 
 
७) भौतिक पूर्वाधारका दृष्टिकोणले एसपीए कति अब्बल छ?
हामीसँग प्रशस्त भौतिक पूर्वाधार छ । धनगढीको मुख्य बजारमै कलेजको मुख्य भवन छ । त्यसबाहेक विज्ञान, बिएचएम र बीआईएमका लागि छुट्टै भवनहरु छन् । हामीसँग आधुनिक विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, पुस्तकालयको राम्रो व्यवस्था छ । इ लाइब्रेरी, इ हाजिरीको व्यवस्था गरेका छौं । स्मार्ट एसपीएन बनाउँने प्रक्रियामा अघि बढिरहेका हामीले प्रत्येक कक्षामा ओभरहेड प्रोजेक्टरको व्यवस्था गरेका छौं । कलेजमा छिर्नुभयो भनेमात्रै प्राकृतिक रमणीय वातावरणको आभास जो सुँकैले गर्न पाउँछन् । 

८) यहाँ भएका अध्यापकहरु यस क्षेत्रको उत्कृष्ट भनेर कसरी विश्वस्त पार्नुहुन्छ?
हामीसँग विज्ञान, होटल म्यानेजमेन्ट, व्यवस्थापन, कम्प्युटर साइन्स, शिक्षा, मानविकी, कानुन, बीएसडब्लुलगायत विषयहरुमा अध्ययन अध्यापन भईरहेको छ । स्थापनाकालदेखि नै शिक्षण गराईरहनुभएका अनुभवी र दक्ष प्राध्यापकहरुका साथै बहुप्रतिभावान र पेशागत रुपमा युवाहरुले पनि प्राध्यापन गराईरहनुभएको छ । विभिन्न विषयमा धनगढीमा नै विधार्थीहरुको रोजाईमा पढ्न सफल प्राध्यापकहरुको समूह हामीसँग छ ।  हामी असल व्यक्ति, सामाजिक, नैतिकवान र स्वाभीमानी नागरिक राष्ट्रलाई दिने वातावरण श्रृजना गरिरहेका छौं । म सम्पूर्ण विधार्थी र अभिभावक ज्यूहरुलाई के विश्वास दिलाउन चाहान्छु भने तपाईहरुले एसपीएलाई गर्नुभएको विश्वासलाई हामी सधैँ आत्मसात गरेर अघि बढिरहेका छौं । समय सुहाउँदो शिक्षा, प्रबिधिमैत्री वातावरण र उत्कृष्ट शैक्षिक गन्तव्यको लागि सधैँ एसपीए तपाईहरुको साथमा हुनेछ ।