Close This

आजदेखि युट्युब र फेसबूकले नेपालमा पनि कर तिर्नुपर्ने

आइतबार श्रावण १, २०७९/ Sunday 07-17-22
Paschim Today

काठमाडौँ,१ साउन । आजदेखि विद्युतीय सेवा कर लागू हुँदैछ । जसअनुसार, आजदेखि पहिलो पटक युट्युब,  फेसबुक जस्ता प्लेटफर्महरू  करको दायरामा आएका छन्।

यसका लागि विद्युतीय सेवा कर कार्यविधि, २०७९ तयार भएर कार्यान्वयनको चरणमा छ । यो नयाँ व्यवस्थाअनुसार अबदेखि युट्युब,  फेसबुक,  नेटफ्लिक्सजस्ता  प्लेटफर्म  करको दायरामा आएका हुन् । 

यी प्लेटफर्मले अबदेखि नेपालमा कर बुझाउनुपर्नेछ । वार्षिक  २०  लाख  रुपैयाँभन्दा  बढी  आम्दानी गर्ने यी प्लेटफर्मले कारोबार मूल्यको दुई प्रतिशत कर तिर्नुपर्ने व्यवस्था आर्थिक ऐनले गरेको  छ  ।  स्थायी  लेखा  नम्बर  नलिए  पनि  विद्युतीय सेवा उपलब्ध गराएर नेपालमा आम्दानी गर्ने सबैले कर बुझाउनुपर्नेछ ।