Close This

सेती अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय

मंगलबार श्रावण २४, २०७९/ Tuesday 08-09-22
Paschim Today

धनगढी,२४ साउन । सेती प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय भएको छ। आज बसेको सुदूरपश्चिम प्रदेशको मन्त्रीपरिषदको बैठकले प्रादेशिक अस्पताललाई दुई सय शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो ।

सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन भइरहेको थियो ।

२ सय शय्यासम्म स्तरोन्नति गर्ने अधिकार प्रदेश सरकारसंग छ। मन्त्री बोहराका स्वकीय सचिव टेकराज पाण्डेयका अनुसार ३ सय शय्यामा स्तरोन्नतिका लागि संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउने पनि निर्णय भएको छ।

प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्दै गएपछि सामाजिक विकासमन्त्रीमा नियुक्त भएसंगै बोहराले स्तरोन्नतिको प्रक्रिया अगाडि बढाएका थिए।