तोलामा पाँच सयले बढ्यो सुनको मूल्य
बिहीबार असोज ६, २०७९/ Thursday 09-22-22
Paschim Today

काठमाडौं, ६ असोज । नेपाली बजारमा सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार पाँच सय रुपैयाँले मूल्य बढेको हो ।
आज छापावाल सुनको मूल्य तोलामा ९१ हजार आठ सय र तेजाबी सुनको मूल्य ९१ हजार तीन सय रुपैयाँ कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९१ हजार तीन सय र तेजाबी सुनको मूल्य तोलामा ९० हजार आठ सय रुपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार बुधबार तोलामा ११ सय ७० रुपैयाँ रहेको चाँदी आज तोलामा ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईको प्रतिक्रिया