टीकापुरका करिब साढे चार सय घरपरिवारलाई सुरक्षित स्थानमा सारियो

आइतबार असोज २३, २०७९/ Sunday 10-09-22
Paschim Today

धनगढी, २३ असोज । बाढी पसेपछि टीकापुर नगरपालिकाको करिब साढे चार सय परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । 
कर्णाली नदीमा बाढीले खतराको तह पार गरेपछि जोखिममा परेको क्षेत्रका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको हो । यसैगरी, जानकी गाउँपालिकाका करिब १० घरधुरीका मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । 
स्थानीयलाई सुरक्षित रहनका लागि एफएम र माइकिङमार्फत अपील गर्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए । 
यस्तै, कैलालीको टीकापुर नगरपालिका–५ शाहीपुर र जानकी गाउँपालिका–९ को खैरीफाँटा नजिक एवम् पथभर स्कुल नजिक बाँध फुट्न लागेको जोशी जानकारी दिए । बाँध जोगाउनका लागि तीन वटा जेसीबी र दुई वटा टिप्परबाट काम भइरहेको छ ।