रवि लामिछाने धरौटीमा रिहा

सोमबार भदौ ९, २०७६/ Monday 08-26-19
Paschim Today

चितवन, ९ भदौ । चितवन प्रहरीले सञ्चारकर्मी रवि लामिछानेसहित पक्राउ परेका तीनै जनालाई रिहा गरेको छ । आजै भएको थुनछेक बहसपछि चितवन अदालतको आदेशमा लामिछानेसहित रिहा गरिएको हो । रविलाई पाँच लाख रुपैयाँ, युवराज कँडेललाई तीन लाख रुपैयाँ धरौटी र अस्मितालाई साधारण तारेखमा रिहा गरिएको छ । 
    पत्रकार शालिकराम पुडासैनी आत्महत्या काण्डमा सिधा कुरा जनतासंग कार्यक्रमका प्रस्तोता रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरिएको थियो ।