Close This

बेलायतबाट फर्केका शाहले खोले सुबिधा सम्पन्न सौंराई स्क्वायर

आइतबार माघ ८, २०७९/ Sunday 01-22-23
Paschim Today

धनगढी,७८ माघ । अध्ययन र अवसरको खोजीमा अमेरिका र युरोप जाने युवाहरु बिरलै स्वदेश फर्किन्छन । भनिन्छ, त्यहाँको सुख र सुबिधाले उनीहरुलाई फर्किन दिदैन । उमेश बिक्रम शाह भने अपवाद बने । डेढ दशकअघि अध्ययनका लागि बेलायत पुगेका शाह अध्ययन पुरा गरेपछि त्यही जागीर खान थाले । तर बेलायतको स्वास्थ्य मन्त्रालयको आकर्षण तलव र सुबिधाले उनलाई रोकिरहन भने सकेन ।

तीन वर्षअघि उनी स्वदेशमै काम गर्ने सोचका साथ फर्किए । र, कैलालीको जानकी गाँउपालिकामा जन्मिएका शाहले धनगढीलाई आफ्नो सपनाको गन्तव्य बनाए । त्यतिबेला कोभिड–१९ को असर देखिन थालिसकेको थियो । कोभिडले सबै क्षेत्र ठप्प थियो । तर उनको सपना भने गतिशील थियो । उनले कोभिडकै बीच भाडामा धनगढीमा फुटसलको शुरुवात गरे । र, त्योसंगै उनले व्यांकेटको निर्माण पनि थाले ।जनसंख्याको हिसावले नेपालको सातौ ठूलो शहर धनगढी सुदूरपश्चिम प्रदेशको राजधानी । तर यहाँ सुबिधा सम्पन्न व्याँकेट र रेष्टुरेण्ट भने उनले देखेनन । उनी सुनाउछन्, त्यही भएर मैले व्याँकेट र रेष्टुरेण्टमा हात हाल्ने निधो गरे । र, स्थापना गरे, सौंराई स्क्वायर ।

धनगढीको उत्तरबेहडीमा २२ कठ्ठा जग्गा भाडामा लिएर २०७९ बैशाखमा व्यांकेट शुरु गरेका शाहले घट्स्थापनामा रेष्टुरेण्ट एण्ड बार सञ्चालनमा ल्याए ।सौंराई स्क्वायर भित्र यतिबेला व्यांकेट एण्ड ईभेण्ट, रेष्टुरेण्ट एण्ड बार, डल्लुज फुटसल र सामु किड्स प्ले सञ्चालनमा छन् । अव निकट भविश्यमा १८ वटाको सुबिधा सम्पन्न होटल समेत सञ्चालन गर्ने शाहको योजना छ । उनी भन्छन्, 'धनगढीमा गुणस्तरीय र अत्याधुनिक सुबिधायुक्त व्यांकेट, रेष्टुरेण्टको अभाव थियो। हामीले त्यसको अभाव पूर्ति गरेका छौ ।'

रेष्टुरेण्टमा बसेर ठूलो पर्दामा खेलकुद हेर्न पाउने सुबिधा अन्यत्र छैन । जो, सुबिधा हामीले दिएका छौ, शाहको दावी छ, गुणस्तरीय स्वाद सहितको रेष्टुरेण्ट, यति फराकिलो पार्किङ, बच्चाहरुको मनोरञ्जनका लागि खेलकुद सामग्रीको व्यवस्था सुदूरपश्चिममा अन्यत्र कहि छैन ।

यो पनि पढ्नुस् :-

पौरखी युवा : जो उद्यम गर्न स्वदेश फर्किए

महेश शाह : जसले अमेरिकाबाट फर्किपछि व्यवसायमा नयाँपन दिए

जसले आरपी बेकरी मार्फत धनगढीलाई नेपालमा चिनाए