कस्तो यो खेल हो ?
बिहीबार माघ २६, २०७९/ Thursday 02-09-23
उषा रश्मि पाण्डे

उचाल्ने र पछार्नेको खेल छ
गोहीका आशुको जताततै भेल छ
फूलको पर्खाइमा बसन्त जाने भो
जल वायु परिवर्तनको असर अचेल छ
आज जे छ भोली त्यस्तै कहाँ रहन्छ र
हिजोको दुश्मनसँग आज मेल छ
कोही घर बनाउने सपना सजाई बसेकोछ
कसैका निम्ति आफ्नो घरबार नै जेल छ
हुनुपर्ने अर्कै हो तर चाहे जस्तो केही छैन
विध्वंशको षड्यन्त्रमा खै को सामेल छ
तपाईको प्रतिक्रिया