Close This

कस्तो यो खेल हो ?

बिहीबार माघ २६, २०७९/ Thursday 02-09-23
    उषा रश्मि पाण्डे

                     

उचाल्ने र पछार्नेको  खेल छ
गोहीका आशुको जताततै  भेल छ 

फूलको  पर्खाइमा बसन्त जाने भो
जल वायु परिवर्तनको असर अचेल छ

आज जे छ भोली त्यस्तै कहाँ रहन्छ र
हिजोको दुश्मनसँग आज मेल छ

कोही घर बनाउने सपना सजाई बसेकोछ 
कसैका निम्ति आफ्नो घरबार नै जेल छ

हुनुपर्ने अर्कै हो तर चाहे जस्तो केही छैन 
विध्वंशको षड्यन्त्रमा खै को सामेल छ