Close This

म तिम्रो तिमि मेरो  यहि हाम्रो प्रेमोउत्सव !

शनिबार माघ २७, २०८०/ Saturday 02-10-24
Paschim Today

मेरि प्यारी 
जिवनका हर उकाली 
ओरालीहरुमा
मेरो हातहरु थामेर 
मलाई म बन्न 
आफुलाई लुकाउने 
तिम्रो प्रेम 
तिम्रो त्याग र बचनका अगाडि
म कुन प्रमिस डे मनाउ ?

तिमी गुलाब भन्दा 
कोमल छ्यौ 
त्यो भन्दा पबित्र छ्यौ 
थाहा छ नि 
जसरी गुलाब देख्दा 
म चन्चल हुन्छु 
तिमी देख्दा त्यो भन्दा धेरै 
मेरा पिडाहरु हराउछन 
काडो बिझेको घाउबाट 
काडो झिके जस्तै, 
भिर मा लडन लागेको 
चिज ले लहरा भेटे जस्तै 
अझ भनौ 
यो जिवनलाई सफल पार्न 
अमुल्य सहारा भेटे जस्तै 
तिमी लाई थाहा छ ?
यो दुनिया मै 
तिम्रो मुस्कान जस्तो गुलाफ
अझै फुल्न सकेको छैन 
म कुन गुलाफ दिएर 
रोज जे मनाउ ? 

मैले अङ्गालो दिबस नि 
विश गरिन 
रिसायौ होला हैरु
कसम 
हर पीडा हर खुसिमा
मेरा आँसु पुछ्ने ती हात 
मेरो खुसी बाड्ने ती ओठ 
मेरा हर चुनौती लाई दिने 
त्यो साथ भन्दा ठूलो अङ्गालो 
यो क्षणिक स्पर्श कहिल्यै लागेन 
म पनि त 
तिम्रा हर खुसिमा 
खुसी बाडन सकु 
ती प्रगतिशील पाईलाहरुको 
साहरा बन्न सकु 
जिवनका उकाली र ओरालिहरुमा
अनवरत सहयात्री बन्न सकु 
त्यो भन्दा ठूलो मायाको 
अङ्गालो के होला रु 
भन त तिमिलाई क्षणिक 
रुपमा अङालेर 
कुन अङ्गालो दिवस मनाउ ?

प्रिय 
जिवनको सबै भन्दा 
अमुल्य उपहार 
आफुलाई रित्त्याएर 
तिमी ले जुन हाम्रो 
मायाको चिनो 
स- प्रेम उपहार दियौ 
मैले कुनै खेलौनाले 
तिम्रो उपहार को 
अवमुल्यन गर्न सकिन 
उपहार होस त 
तिमिले दिए जस्तो
त्यागको , समर्पण को 
उत्साहको, प्रेमको ,
तिम्रो यो अमुल्य प्रेमलाई 
कुन खेलौना ले दाजेर 
म उपहार दिवश मनाउ ? 

यो जीवन तिम्रो हो 
तिम्रा हरखुसिका लागि 
मेरो जीवन उपहार हो 
त्यसैले सदैब 
म तिम्रो तिमि मेरो 
यहि हाम्रो प्रेमोउत्सव हो ॥
-अविरल