Close This

नेपाल फर्किदै नायिका रेखा, नयाँ फिल्म बनाउने

शुक्रबार चैत ९, २०८०/ Friday 03-22-24
Paschim Today

काठमाडौं । सर्बाधिक हिट चलचित्र उपहार बनाएकी नायिका रेखा थापाले अर्को चलचित्र बनाउने तयारी गरेकी छिन ।  उनले फिल्मको नाम सोचिरहेको बताईन  ।  नेपाली फिल्म उद्योगको गरिमा राख्ने काम गरिरहेको बताउदै रेखाले फिल्मको सङ्ख्या मात्र राख्ने काम आफुबाट कदापि नहुने उल्लेख गरिन । 

मेरो अझै दर्बिलो उपस्तिथि हुनेछ, सबैको माया र हौसला बटुल्ने हिम्मत छ, रेखाले भनिन्  । रेखा थापा वैशाखको १८ गते नेपाल फर्किदैछिन ।  उनी, नेपाल आएपछि नयाँ फिल्मको काममा लाग्ने वुझिएको छ । 

फिल्म ‘उपहार’ बनाएपछि रेखाले वर्तमान बजारको अवस्था र दर्शकको स्वाद पनि बुझ्ने मौका पाइन् । यसैले, यी सबै कुरालाई ध्यानमा राखेर उनी नयाँ फिल्म बनाउने तयारीमा लागेकी छिन् । 

फिल्म ‘उपहार’ नेपालपछि अमेरिकामा पनि रिलिज भइरहेको छ । अमेरिकामा दर्शकले फिल्मलाई राम्रो प्रतिक्रिया दिएपछि उनी उत्साहित छिन् । फिल्मले इनिसियल रुपमा राम्रो व्यापार गरेपछि रेखा दंग छिन् ।