Close This

बैतडीमा एक बालिका मृत फेला

बिहीबार चैत १५, २०८०/ Thursday 03-28-24
Paschim Today

बैतडीः बैतडीमा एक बालिका मृत फेला परेकी छिन्। जिल्लाको पञ्चेश्वर गाउँपालिका–१ सुन्तला टोल घर भएकी १३ वर्षीया अस्मिता सार्की मृत फेला परेकी हुन्।

बुधवार बिहान विद्यालय गएकी सार्की घर फर्कने बेला नजिकैको खोलामा मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले बताए। डुग्रीखान माविमा कक्षा ६ मा अध्ययनरत अस्मिता मृत्युको कारण नखुलेको केसीले बताए। घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ