डडेल्धुरामा किशोरी करणी आरोपमा एक जना पक्राउ

शुक्रबार श्रावण ४, २०८१/ Friday 07-19-24
Paschim Today

डडेल्धुराः डडेल्धुरामा किशोरी करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

१६ वर्षीया किशोरी जबरजस्ती करणी गरेको आरोपमा जिल्लाको पर्शुराम नगरपालिका–१ स्यालकोटका ३३ वर्षीय भिम बहादुर कठायतलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो।

कठायतले किशोरीलाइ आफ्नै घरमा लगी जबरजस्ती करणी गरेको भन्ने आफन्तको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय जोगबुढाबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।