कैलालीको गोदावरीमा लागुऔषधसहित एक जना पक्राउ

आइतबार श्रावण ६, २०८१/ Sunday 07-21-24
Paschim Today

धनगढीः कैलालीको गोदावरीमा लागुऔषधसहित एक जना पक्राउ परेका छन्। हिजो (शनिबार) साँझ गोदावरी नगरपालिका–१ बिजयनगरस्थित ५० वर्षीय रामबहादुर रोकायाले आफैले सञ्चालन गरेको होटलमा लागुऔषधको कारोबार भइरहेको सूचना प्रहरीले प्राप्त गरेपछि लागुऔषधसहित रोकायालाई पक्राउ गरिएको हो।

होटलको काउन्टरको घर्राबाट २६ ग्राम ५७० मिलीग्राम लागुऔषध फेला परेपछि इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको हो।