‘मिस नेपाल २०२४’ विशेष आजदेखि हिमालय टिभीमा

सोमबार श्रावण ७, २०८१/ Monday 07-22-24
Paschim Today

काठमाडौं । हिमालय टेलिभिजनले सोमबार रातिदेखि ‘मिस नेपाल २०२४’ बारेको विशेष कार्यक्रम प्रसारण गर्ने भएको छ । ‘जर्नी बिगिन्स’ नाम दिइएको यो कार्यक्रम आइतबार र सोमबार राति साढे ९ देखि १० बजेसम्म प्रसारण हुनेछ ।

आगामी साता सोमबार र मंगलबार पनि सोही समयमा कार्यक्रम प्रसारण हुने टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले जानकारी दिए । त्यसपछि दर्शकले साउन १९ गते टेलिभिजनमा फिनालेको प्रत्यक्ष प्रसारण हेर्न पाउनेछन् ।

 

 

 

यस वर्षको संस्करणदेखि हिमालय टिभी मिस नेपालको टेलिभिजन पार्टनर बनेको छ । अनलाइनखबर डटकम न्युज पोर्टल पार्टनरको रुपमा छ । टेलिभिजनले प्रसारण हुने कार्यक्रमको टिजर पनि सार्वजनिक गरेको छ ।

 

 

एकैदिन ६ सहविधामा प्रतिस्पर्धा

मिस नेपाल २०२४ अन्तर्गत शनिबार एकैदिन ६ वटा सहविधामा प्रतिस्पर्धा सम्पन्न भएका छन् । २४ जना फाइनलिस्टले यी सबटाइटलमा आफ्नो क्षमता प्रस्तुत गरे ।

फार्मेसी फेस अफ द एयर २०२४, जुभारा मिस हाइजिन, ब्रिज सिमेन्ट मिस कन्फिडेन्ट, क्रिएटिभ डी स्टुडियो मिस फोटोजेनिक, सिटाफिल मिल हेल्दी स्किन, द हिडन ट्रेजर मिस ब्युटी विथ अ पर्पस र डाबर हनी मिस फिटनेस क्वीनका सहविधा उक्त दिन सम्पन्न भए ।

 

मिस फेस अफ द इयर सहविधामा स्नेहा राणा, आकाश गोल्छा र शुभेच्छा खड्का निर्णायक थिए । मिस हाइजिनमा निखिल वंशल, नीरासिंह श्रेष्ठ र नीति शाह निर्णायक थिए ।

मिस कन्फिडेन्टमा प्रवीणा थापा, तेज राई र सुप्रिया श्रेष्ठ जज थिए । मिस फोटोजेनिकमा सुनिल शर्मा, लजिना मानन्धर र नीलम चन्द जज थिए । मिस हेल्दी स्किनमा अजविन्द श्रेष्ठ, सिरपा बज्राचार्य र नम्रता श्रेष्ठ निर्णायक थिए ।

मिस ब्युटी विथ अ पर्पस सहविधामा रुचिन खड्का, वृहत राजभण्डारी र इशानी श्रेष्ठ जज थिए । त्यसअघि मिस ट्यालेन्ट र मिस भिजिनरी सहविधा सम्पन्न भएका थिए ।

ग्रान्ड फिनाले साउन १९ गते ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना हुने भएको छ ।