नायिका वर्षा राउतले नाटक ‘हिटलर आउँदैछ‘मा अभिनय गर्ने

मंगलबार श्रावण ८, २०८१/ Tuesday 07-23-24
Paschim Today

काठमाडौं । नायिका वर्षा राउतले नाटक ‘हिटलर आउँदैछ‘मा अभिनय गर्ने भएकी छन् । फिल्ममा सफल मानिएकी उनको यो डेब्यू नाटक हो । 

वर्षा नाटकका लागि अमेरिका पुगिसकेकी छन् । वर्षा केही महिना अगाडिसम्म फिल्म ‘तेल भिसा’ छायांकनका लागि अमेरिकामै थिइन् । नेपाल आएर फिल्म ‘मेयर’को छायांकनमा सहभागी भएर उनी पुन: अमेरिका फर्किएकी हुन् । सामाजिक सञ्जालमार्फत वर्षाले दर्जनौं फिल्मपछि रंगमञ्जको यात्रा सुरु भएको जानकारी दिएकी छिन् । साथै उनले यो अवसरका लागि धन्यवादसमेत दिएकी छन् । 

अगस्ट २३ मा नाटक ओहायो राज्यको एक्रोनस्थित सिभिक थिएटरमा मञ्जन हुनेछ। नाटकको वल्र्ड प्रिमियर हुने बताइएको छ । अमेरिकाकै विभिन्न राज्य, अन्य देशसहित नेपाल र भारतमा मञ्चन गरिने हुने बताइएको छ । रंगमकर्मी विमल सुवेदीको निर्देशन रहने यस नाटकमा जोयस पाण्डेको मुख्य भूमिका रहेको छ । उनी फिल्म ‘साँघुरो’ का निर्देशक हुन्। नाटकका लेखक विमल र जोयश हुन्। 

नाटकमा नेपालीभाषी भुटानी, विदेशमा रहेका नेपाली र उनीहरूको सन्तानले भोगेको मानसिक तथा पहिचानको संकट समेटिने बताइएको छ ।