सेयर बजारमा दोहोरो अंकले वृद्धि

बिहीबार श्रावण १०, २०८१/ Thursday 07-25-24
Paschim Today

काठमाडौं - साताको अन्तिम कारोबार दिन सेयर बजार ३२ अंकले बढेर २५६८ को विन्दुमा कायम भएको छ ।

आज नेप्सेमा कारोबार भएको आज ३२० कम्पनीको ३ करोड ५५ लाख ९४ हजार ८६८ कित्ता शेयर किनबेच हुँदा १४ अर्ब १३ करोड ७८ लाख ९९ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा बढोत्तरी आउँदा नौ उपसूचक हरियाली भएको छ । यस दिन सबैभन्दा बढी सानिमा जिआइसी इिन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३४ करोड १७ लाख ७९ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हिमालयन लाइफ इन्स्योरेन्सको २४ करोड ६४ लाख ९८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै यस दिन शिभम् सिमेन्टको २३ करोड ७२ लाख ३५ हजार रुपैयाँ, फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको २३ करोड ५९ लाख १३ हजार रुपैयाँ र हिमालयन रिइन्स्योरेन्सको २० करोड ६८ लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर बजारमा दोहोरो अंकले वृद्धि हुँदा यी कम्पनीमा झुम्मिए लगानीकर्ता


सकरात्मक सर्किट लागेका कम्पनीहरु

आज दिन जीवन विकास लघुवित्त, उपकार लघुवित्त, एशियन हाइड्रोपावर, गणपति लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।