ग्लोबल टी २०: सन्दीपको सन्तोषजनक प्रदर्शन, तर ९ विकेटले हार्यो टोरन्टो

शुक्रबार श्रावण ११, २०८१/ Friday 07-26-24
Paschim Today

काठमाडौं । क्यानाडामा ग्लोबल टी २० लिगको नयाँ संस्करण आजबाट सुरू भएको छ । पहिलो खेलमा भ्यान्कुभर नाइट्सलाई टोरन्टो नेसनल्सले ९ विकेटले हरायो ।

भ्यानकुभरमा नेपालका दुई स्टार सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी आवद्ध छन् । यस्तै टोरन्टोबाट पहिलोपटक नेपालका रोहित पौडेलले खेल्दैछन् । तर पहिलो म्याचमा दीपेन्द्र र रोहित अनुपस्थित बने । उनीहरू क्यानाडा पुगिनसकेकोले उद्घाटन खेल छुटाएका हुन् ।

सन्दीप लामिछानेले भने भ्यान्कुभरबाट खेलेका थिए । उनको टीमले लज्जास्पद हारे पनि सन्दीपको व्यक्तिगत प्रदर्शन सन्तोषजनक रह्यो । 

टस जितेर पहिले ब्याटिङ गरेको भ्यान्कुभर १९.३ ओेभर खेल्दै ११० रनमा समेटिएको थियो । टीमका लागि रिजा हेन्ड्रिक्स र मुनिर अहमदले सर्वाधिक २३-२३ रन बनाए । भ्यान्कुभरका कप्तान उस्मान ख्वाजा ३ रनमै आउट भएका थिए ।

नवौं नम्बरमा ब्याटिङमा आएका सन्दीपले ९ बलमा ३ चौकासहित १५ रन जोडे । उनलाई मुह्ममद रसिदले कोलिन मुनरोको हातबाट क्याचआउट गराएका थिए ।

टोरन्टोले केवल दुई विकेट क्षतिमा १४.४ ओभरमै लक्ष्य भेट्टायो । सन्दीप र पल भान मिकेरेनले एक/एक विकेट लिए । सन्दीपले ४ ओेभरमा २९ रन खर्चिए । भ्यानकुभरबाट उनले मात्रै पुरा कोटा बलिङ गर्न पाएका थिए । मोहम्मद आमिरले कसिलो बलिङ गर्दै २ ओेभरमा ७ रन मात्रै दिए ।

भ्यानकुभरका कप्तान मुनरो उन्मुक्त चन्दले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरे । मुनरोले ४४ र चन्दले २३ रन जोडेर आउट भएका थिए । तेस्रो नम्बरमा आएका रसी भान डेर डसेनले १८ बलमा ३३ रन हान्दै टीमलाई जित दिलाए ।

खेलमा २५ रन खर्चेर ४ विकेट लिएका टोरन्टोका जुनैद सिद्दकी म्यान अफ द म्याच भएका छन् ।a