त्रिभुवन विमानस्थलबाट एक घण्टाका लागि उडान अवतरण बन्द

शनिबार श्रावण १२, २०८१/ Saturday 07-27-24
Paschim Today

१२ साउन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा मार्किङको काम गर्दा उडान अवतरण बन्द गरिएको छ ।

धावनमार्गको मार्किङ गर्ने क्रममा रङ पोखिएपछि त्यसले पाइलटहरुलाई समस्या पर्ने भन्दै शनिबार दिउँसो सवा ४ बजेदेखि एक घण्टाका लागि उडान अवतरण बन्द गरिएको विमानस्थल स्रोतले जनाएको छ ।

 

 

उडान अवतरण बन्दका कारण कतारको राजधानी दोहाबाट आएको कतार एयरवेजको जहाज होल्डमा छ । विमानस्थल सवा ५ बजे सञ्चालनमा आउने विमानस्थल स्रोतको भनाइ छ ।