भारतको गुजरातमा बाढी र डुबानमा परी २८ जनाको मृत्यु

बिहीबार भदौ १३, २०८१/ Thursday 08-29-24
Paschim Today

काठमाण्डु-भारतको गुजरात राज्यमा बाढी र डुबानमा परी २८ जनाको मृत्यु भएको छ । ४० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार गुजरातका ३३ जिल्ला वर्षाका कारण सबैभन्दा धेरै प्रभावित बनेको छ । जसमा ११ जिल्लामा रेड अलर्ट जारी गरिएको छ भने २२ जिल्लामा एल्लो अलर्ट जारी गरिएको छ ।

गुजरात सरकारका अनुसार हालसम्म बाढीका कराण ५ वटा राष्ट्रिय राजमार्गसहित ९३९ सडक बन्द भएका छन् भने ४१ हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ ।

गुजरातका विभिन्न सहरमा १२ फिटभन्दा बढी पानी जमेका कारण उद्धारमा समस्या भइरहेको पनि बताइएको छ ।