बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु

शुक्रबार भदौ २१, २०८१/ Friday 09-06-24
Paschim Today

दार्चुला — बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । जिल्लाको सुर्नया–८ बाच्पानीका १२ वर्षीय बसन्त बोहराको मृत्यु भएको हो ।  

स्थानीय डबल बोहराका अनुसार शुक्रबार मध्याह्न करिब १२ बजे समयमा स्थानीय घुम्ती नजिकैको जंगलमा बाख्रा चराउन गएका बोहराले जमिन नजिकै भएको तार तानेका थिए । उक्त तारमा करेन्ट प्रवाह भइरहेकोले उनको करेन्ट लागेर ज्यान गएको हो । बाख्रा चराउने क्रममा भुइँ नजिकैबाट तानिएको तारमा छुन गइ करेन्ट लागेको हो ।

खोडपेदेखि श्रीभावरसम्म तानिएको लाइनमा उक्त घटना भएको हो । विद्युतको चरम लापरबाहीले यो घटना भएको स्थानीयको आरोप छ । यसअघि पनि उक्त ठाउँमा घटना भएका थिए ।