घरको छतबाट लडेर धनगढीमा एक जना घाइते

शुक्रबार भदौ २१, २०८१/ Friday 09-06-24
Paschim Today

धनगढीः कैलालीमा घरको छतबाट लडेर एक जना घाइते भएका छन।

जिल्लाको धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकमा डेरा गरी बस्ने जोशीपुर गाउँपालिका– १ का ४२ वर्षीय रोहनराज चौधरी छतबाट लडेर घाइते भएका हुन।

उनी मादक पदार्थ सेवन गरेको अवस्थामा आफु बस्ने १ तले घरको छतबाट लडेर घाइते भएको प्रहरीले जनाएको छ। उनको दाहिने कान, टाउको, आँखा र नाकमा चोट लागेको छ। चौधरीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेका छ।