रुसमा तीन जना सवार हेलिकप्टर बेपत्ता

मंगलबार असोज १, २०८१/ Tuesday 09-17-24
Paschim Today

काठमाडौँ । रुसको सुदूरपूर्वको अमुर क्षेत्रमा तीन जना सवार रोबिन्सन आर ६६ हेलिकप्टर बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएको छ ।

 

 

 

रुसी आपतकालीन मन्त्रालयको क्षेत्रीय प्रेस सेवाका अनुसार हेलिकप्टरले सोमबार आफ्नो आपतकालीन ‘बीकन सिग्नल’ सक्रिय गर्यो ।

बिकन साना भौतिक यन्त्र हुन्, जसले रेडियो सिग्नल प्रसारण गर्छ । यो स्मार्टफोनद्वारा पत्ता लगाउन सकिन्छ । हाल खोजी तथा उद्धार कार्य जारी छ । जेया नगरपालिका जिल्लामा दर्ता नगरी उडान गरिरहेको हेलिकप्टर बेपत्ता भएको प्रेस सेवाले जनाएको छ ।