घट्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार?

बुधबार असोज २, २०८१/ Wednesday 09-18-24
Paschim Today

काठमाडौँ, २ असोज: नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन बुधबार ३०० रुपैयाँ घटेर १ लाख ५६ हजार ४०० रुपैयाँ कायम भएको हो । 

यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार ९० रुपैयाँ कायम भएको छ । यसैबीच चाँदीको मूल्य पनि सामान्य घटेको छ । मंगलबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर १ हजार ८९० रुपैयाँ कायम भएको हो ।