कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ

बिहीबार असोज ३, २०८१/ Thursday 09-19-24
Paschim Today

धनगढीः कैलालीमा लागूऔषधसहित ६ जना पक्राउ परेका छन्।

लम्कीचुहा नगरपालिका–३ चिसापानीबाट लम्कीचुहा नगरपालिका–२ मोतिपुर बस्ने १९ वर्षीय पुरन साउँदसहित ६ जनालाई लागुऔषधसहित बुधवार पक्राउ गरेको हो।

उनीहरुको साथबाट तरमाडोल लेखिएको दुई पत्तामा रहेको १९ क्याप्सुल र फेनारगन अभिल ५ लेखिएको दुई पत्तामा रहेको १९ ट्याब्लेटसहित फेला नियत्रणमा लिएको प्रहरीले जनाएको छ। साथै उनीहरुले प्रयोग गरेको मोटरसाइकल १ थान र एक थान स्कुटरसमेत नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय चिसापानीले जनाएको छ।