नेपाल पुलिस र माल्दिभ्सकाे क्लबबीचकाे खेल आज

बिहीबार असोज ३, २०८१/ Thursday 09-19-24
Paschim Today

काठमाण्डाै – नेपाल पुलिस क्लबले काभा महिला भलिबल क्लब च्याम्पियनशिपको चौथो खेलमा आज माल्दिभ्सको क्लबसँग खेल्दैछ । पुलिस क्लब र घरेलु क्लब वाम्कोबीचको खेल राति ९ बजे मालेमा शुरू हुनेछ ।

प्रतियोगितामा नेपाल पुलिस क्लब अविजित टोली हो । यसअघिका ३ वटै खेलमा पुलिस क्लब विजयी भएको छ । पुलिसले पहिलो खेलमा उज्वेकिस्तानको हुमो क्लबलाई ३–०, दोस्रो खेलमा श्रीलङ्काको श्रीलङ्कन एअर फोर्सलाई ३–० र ताजकिस्तानको डाइमेड क्लबलाई ३–० कै सोझो सेटमा हराएको थियो ।

पुलिसले समूह चरणको पाँचौं तथा अन्तिम खेलमा माल्दिभ्सकै पुलिस क्लबसँग खेल्नेछ ।