सलमान खानको बुबालाई धम्की

बिहीबार असोज ३, २०८१/ Thursday 09-19-24
Paschim Today

बलिउड अभिनेता सलमान खानका बुबा सलिम खानलाई धम्की आएको छ। 

बुधबार बिहान मर्निङ वाकमा निस्किएका सलिम खानलाई एक महिलाले दिएकी हुन्। त्यतिबेला बान्द्रामा एक स्कुटरमा एक व्यक्ति र उनको पछाडि एक बुर्का लगाएकी महिला बसेकी थिइन्। 

भारतीय सञ्चारमाध्यम दैनिक भास्करका अनुसार उनीहरूले युटर्न लिएर र सलीम खानको नजिक आएर भने, 'सही तरिका बस्नु नत्र लोरेन्सलाई भन्दिन्छु।' 

स्कुटरको नम्बर ७४४४ थियो। उक्त व्यक्ति र महिलालाई हिरासतमा लिन बान्द्रा पुलिसमा उजुरी दर्ता भएको छ। 

सलमानको मुम्बईस्थित घर ग्यालेक्सी अपार्टमेन्टमा १४ अप्रिलमा फायरिङ भएको थियो। सलमान खानको घर बाहिर ५ राउन्ड गोली हानेका थिए। अनुसन्धानको क्रममा सो आक्रमण ग्याङस्टर लरेन्स बिश्नोई गिरोहले गराएको भेटियो। यस घटनामा प्रहरीले ६ जनालाई गिरफ्तार समातेको थियो। एक आरोपीले जेलमै आत्महत्या गरेका थिए।