ऐश्वर्यका बालवालिकाद्वारा खाजाको रकम जोगाएर बहिरा बालवालिकालाई सहयोग

शनिबार असोज ५, २०८१/ Saturday 09-21-24
Paschim Today

धनगढी : धनगढीको ऐश्वर्य विद्या निकेतनका बालवालिकाले आफुहरुको खाजा खर्च जोगाएर बहिरा बालवालिकाहरुलाई खाद्यान्न, भित्तेघडी र अरु आवश्यकताका सामान सहयोग गरेका छन । 

धनगढी उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको दक्षिणकाली बहिरा आवासीय आधारभूत विद्यालयका बालवालिकालाई ऐश्वर्यका विद्यार्थीहरुले झण्डै १० हजार बराबरको सामान सहयोग गरेका हुन ।

 विद्यार्थीहरुले बालदिवश र शिक्षा दिवशका अवसरमा आ–आफ्नो एक दिनको खाजा वाफतको रकम संकलन गरेका सामाजिक विषयका शिक्षक यादव मिश्रले बताए । 

विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा सामाजिक सहयोगको भावना जागोस भनेर हरेक वर्ष बालदिवस र शिक्षा दिवसको अवसर पारेर बालवालिकाहरुले आफ्नो खानाखर्चको रकम जमा गरि यस्तै गरी सहयोग गर्ने गरेको शिक्षक मिश्रले बताए ।

दक्षिणकाली बहिरा आवासीय आधारभूत विद्यालयमा ११३ जना बोल्न नसक्ने बहिरा वालवालिका आवासीय रुपमा अध्ययनरत छन । सरकारी खर्चमा उनीहरु आवासीय रुपमा अध्ययन गरिरहेपनि छात्रबासमा बेला बेला सामानहरुको अभाव भने हुने गरेको छ ।