बाढीपहिरोमा परी २३९ जनाको मृत्यु

शनिबार असोज १९, २०८१/ Saturday 10-05-24
Paschim Today

काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरोमा परी हालसम्म २३९ जनाको मृत्यु भएको छ । १८ जना बेपत्ता छन् ।  अन्य १७८ जना घाइते भएका गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारी जानकारी दिएका छन् ।

हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ । सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मत गरी यातायात सञ्चालन गर्न प्रयास भइरहेको प्रवक्ता तिवारीले बताए । रासस