तीन सय रुपैयाँले घट्यो सुनचाँदीको मूल्य

आइतबार असोज २०, २०८१/ Sunday 10-06-24
Paschim Today

काठमाडौँ  । सुनको मूल्य तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

 

शुक्रबार छापावाला सुनको मूल्य १ लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । त्यसैगरी, आज चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ ।