अनिललाई किन्न ८ टोलीको नै प्रतिस्पर्धा, जनकपुरमा भाग्यमानी

आइतबार असोज २०, २०८१/ Sunday 10-06-24
Paschim Today

२० असोज, काठमाडौं । विकेट किपर, ब्याटर अनिलकुमार साहलाई १५ लाखमा जनकपुर बोल्ट्सले पाएको छ ।

अनिलकुमार साहले न्यूनतम १० लाख रुपैयाँ राखेका थिए । उनलाई किन्न अक्सनमा सबै ८ टोलीले प्रतिस्पर्धा गरेका थिए । लक्की ड्रमार्फत जनकपुरले पाएको हो । जारी अक्सनमा सबै ८ टोलीले नै मूल्य लगाउने अनिल एक्लो खेलाडी हुन् ।

नेपालबाट पछिल्लो समय राम्रो प्रदर्शन गरेको हुँदा महँगो मूल्य पाएका हुन् । जनकपुरमा आसिफ शेख मार्की खेलाडीको रुपमा छन् । नेपालका दुई विकेटकिपर आसिफ र अनिलले ओपनिङ गर्नेछन् ।