बाढीपहिरो पीडितका लागि कांग्रेसद्वारा ५० लाख रुपैयाँ सहयोग

आइतबार असोज २०, २०८१/ Sunday 10-06-24
Paschim Today

काठमाडौँ — बाढीपहिरो पीडितका लागि नेपाली कांग्रेसले ५० लाख रुपैयाँ सहयोग गरेको छ । कांग्रेसले सरकारले खडा गरेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत् बाढीपहिरो र डुबान पीडितहरूका लागि ५० लाख रुपैयाँ सहयोग गरेको हो ।

आइतबार कांग्रेस सभापति शेरबहादुर देउवासहित नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर सरकारले स्थापना गरेको कोषमा जम्मा गर्ने गरी ५० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

कांग्रेसले विपद्पछिको उद्धार र राहतमा सरकारको पर्याप्त ध्यान नपुगेको स्मरण गराउँदै थप क्रियाशील भएर बाढीपहिरोपीडितहरूको राहत र पुन:स्थापनाका लागि काम गर्न सरकारको ध्यानाकर्षण समेत गराएको छ ।