धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ

सोमबार कार्तिक ५, २०८१/ Monday 10-21-24
Paschim Today

धनगढीः कैलालीको धनगढीबाट खैरो हेरोइनसहित ६ जना एकैदिन पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१२ मनेहरा सिविरबाट सोही ठाउँ बस्ने २४ वर्षीय नविन चौधरी, २२ वर्षीय सन्दीप चौधरी, २४ वर्षीय बाधुराम चौधरी र २२ वर्षीय लोकेन्द्र गिरी पक्राउ परेका हुन्। यी चार जनालाई २ सय ९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित फेला पारि प्रहरीले पक्राउ गरेको हो।

यस्तै धनगढी उपमहानगरपालिका–२ भन्सार कार्यालय नजिकबाट गोदावरी नगरपालिका–१० दमौरा बस्ने २१ वर्षीय निराजन ताम्राकार ३ सय ६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन्।

 

धनगढी उपमहानगरपालिका–७ सद्‍भावना टोलबाट सोही ठाउँ बस्ने २७ वर्षीय बसन्त चौधरी पनि ३ ग्राम १८० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका हुन्। यी ६ जनालाई आइतवार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।