ओरालो लागेको नेप्से दोहोरो अंकले बढ्यो

मंगलबार कार्तिक ६, २०८१/ Tuesday 10-22-24
Paschim Today

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा मंगलबार दोहोरो अंकको सुधार आएको छ।

मंगलबार २५ .८८ अंकले बढेर २६६५.८१ अंकमा पुगेर बन्द भएको छ । यस अघि लगातार दुई कारोबारमा नेप्से घटेर बन्द भएको थियो। सोमबार ५७.९९ अंकले तथा आईतबार ४७. ४४ अङ्कले  घटेको थियो।

मंगलबार सेन्सेटिभ इण्डेक्स ४.४७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.६५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.३८ अंक बढेको छ।

नेप्से बढेपनि मंगलबार कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार दिन करिब ६ अर्बको शेयर कारोबार भएको बजारमा मंगलबार ३१४ स्टकको ५३ हजार ६७८ पटकको कारोबारमा ४ अर्ब १७ करोड १६ लाख ६५ हजार रुपैयाँ बराबरको १ करोड ९ लाख ६२ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।

मंगलबार १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.०३ प्रतिशत बढेको छ।