मीनबहादुरले एमालेलाई दान दिएको जग्गा विरुद्धको रिट न्यायाधीश सुवेदीको इजलासमा

बिहीबार कार्तिक ८, २०८१/ Thursday 10-24-24
Paschim Today

काठमाडौं- व्यापारी मीनबहादुर गुरुङले एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट न्यायाधीश नहकुल सुवेदीको इजलासमा परेको छ।

अधिवक्ता ज्ञानबहादुर बस्नेतले सर्वोच्च अदालतमा दायर गरेको रिट बिहीबार न्यायाधीश सुवेदीको इजलासमा सुनुवाइ हुन लागेको हो।

व्यापारी गुरुङले दिएको जग्गामा पार्टी कार्यालय बनाउन यही असोज २५ गते प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गरेका थिए।

विभिन्न मुद्दाहरु अदालतमा विचाराधिन रहेका विवादास्पद व्यापारी गुरुङले एमालेलाई पार्टी कार्यालय बनाउन कीर्तिपुरको जग्गा दिएपछि अहिले सर्वाधिक आलोचना भइरहेको छ।