बैतडीको एक विद्यालयमा चोरी
मंगलबार कार्तिक १३, २०८१/ Tuesday 10-29-24
Paschim Today
2024-10-29-05-53-25.jpeg)
बैतडीः बैतडीको एक विद्यालयमा चोरी भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–५ मा बन्दीपुर आधारभूत विद्यालयमा चोरी भएको हो। जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सोमबार राति सो विद्यालयको ढोका फुटाएर झण्डै डेढ लाख मुल्यको सामान चोरी गरिएको छ।
एक थान ल्यापटप, दुई थान वाइफाई, माइक्रोफोन, की–बोर्ड, विद्यालयको छाप, माउस लगायत खेलकुदका सामाग्री चोरी भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवं प्रहरी निरीक्षक जनकराज ढुंगानाले बताए। विद्यालयमा चोरी भएको घटना मंगलबार मात्र थाहा भएको उनले बताए। विद्यालयमा चोरी भएको घटनाको बिषयमा अनुसन्धान गर्न प्रहरी टोली खटिएको उनले बताए।
तपाईको प्रतिक्रिया